काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले उपसभामुख इन्दिरा राना मगरले राजीनानमा दिएर छानविनमा सघाउन माग गरेका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुखले कार्यालय र संसदलाई भिसा सहजीकरणको कन्सल्टेन्सी बनाएको भन्दै राजीनामाको माग गरेका हुन् ।
उनले भने,‘भिसा सहजीकरणको कन्सल्टेन्सी उपसभामुखको कार्यालय र संसद हुन सक्दैन् । कन्सल्टेन्सी जस्तो नबनाईयोस् । चिन्दै नचिनेको मान्छेको सिफारिस कसरी गरियो ? छानविन हुनुपर्छ ।’
केही दिन अगाडि उपसभामुखले पाँच जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न लेखेकको पत्र सार्वजनिक भएको थियो ।
प्रतिक्रिया