Logo

मुख्य समाचार

माओवादीको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । आजका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा आगामी पुस ११ देखि १३ गतेसम्म तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै यहि मंसिर २५ मा हुने प्रदेश सम्मेलनका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

माओवादीले वडा र पालिकाको सम्मेलन सम्पन्न गरिसकेको छ । 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ३१ बजे