Logo

अर्थ

७५ प्रतिशत मात्र राजस्व संकलन, लक्ष्यमा पुग्न सकेन सरकार



काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०-८१मा लक्ष्यअनुसार राजस्व उठाउन असफल भएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा करिब ७५ प्रतिशत अर्थात १० खर्ब ७५ अर्ब रुपैयाँबराबर राजस्व उठेको छ ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट खर्च १५ खर्ब ३० अर्ब हुने र १२ खर्ब ५३ अर्ब रुपैयाँबराबर राजस्व संकलन हुने अनुमान गरेका थिए । तर उनको अनुमान असफल भएको तथ्यांकले देखाएको छ ।

अर्थतन्त्रमा आएको सङ्कुचन, महँगी बढ्नु र आयात घट्नुलगायत कारण राजस्व कम उठेको सरकारको दाबी छ । महालेखाको तथ्याङ्कअनुसार सरकारले करिब ११ खर्ब रुपैयाँ आम्दानी गरेको छ । जुन खर्चभन्दा तीन खर्ब रुपैयाँ कम हो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ११ : ५८ बजे