Logo

खेलकुद

बिग ब्यासमा सन्दीपको उत्कृष्ट प्रदर्शन (सुरुवातमै लिए विकेट)



काठमाडौं : नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग २०२१/२२ मा सानदार सुरुवात गरेका छन् । होबार्ट हरिकेन्सबाट बिग ब्यास खेलेका सन्दीपले पहिलो खेलमै सिड्नी सिक्सर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका छन् ।

होबार्ट हरिकेन्सबाट खेलिरहेका लामिछानेले पहिलो खेलमै विकेट हात पार्न सफल भए । लामिछाने सिड्नी सिक्सर्सविरुद्ध ४ ओभर बलिङ गर्दै २४ रन खर्चेर १ विकेट हात पारेका हुन । अरोरा स्टेडियममा भइरहेको खेलमा बीबीएल अन्तर्गत होबार्टले आफ्नो पहिलो खेल खेल्दैछ । 

लामिछानेले लगातार दोस्रो सिजन होबार्टबाट खेलिरहेका छन् । लामिछानेले गत सिजन होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।

सन्दीपको चार ओभर

होबार्टले सन्दीपलाई सातौं ओभरमा बलिङमा ल्याएको थियो । सन्दीपले पहिलो ओभरमा मात्र तीन रन खर्चिदै उत्कृष्ट सुरुवात गरे । पहिलो बलमा मोइसेन हेनरिक्स र दोस्रो बलमा ड्यानियल क्रिष्टियनलाई एक एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपले त्यस पछिका तीन बल क्रिष्टियनलाई डट राखे ।

सन्दीपले नवौं ओभरमा तीन रन खर्चेर एक विकेट लिए । नवौं ओभरको पहिलो बलमा ठूलो सट खेलेका क्रिष्टियन लङअनमा जोर्डन कक्सबाट पाँच रनमा क्याच आउट भए । दोस्रो बलमा हेनरिक्सलाई एक रन दिए । तेस्रो बल सन्दीपले इंग्ल्यान्डका अलराउन्डर टम करनलाई डट राखे । चौथो र पाँचौं बलमा एक रन खर्चिए । अन्तिम बल डट राखे ।

सन्दीपले ११ औं ओभरमा ७ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई एक रन खचिए । दोस्रो बल करनलाई एक रन दिए । तेस्रो बलमा हेनरिक्सले कभरमा सन्दीपलाई चौका प्रहार गरेका थिए । चौथो बलमा एक रन खर्चेका सन्दीपले बाँकी दुई बल डट राखे ।

१३ औं ओभरमा सन्दीपले दुई चौका सहित ११ रन खर्चिए । पहिलो बल हेनरिक्सलाई डट र दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा करनलाई एक रन दिए । तेस्रो बलमा एक रन खर्चेका सन्दीपलाई चौको बलमा कभरमा हेनरिक्सले चौका प्रहार गरे । पाँचौं बलमा एक रन दिए । अन्तिम बलमा करनले सन्दीपलाई चौका प्रहार गरे । समग्रमा सन्दीपले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । सन्दीपले ९ ओभर डट राखेका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ९ : ४२ बजे