Logo

समाचार

रात्रिकालिन बस सेवामा रोक लगाउन पाण्डेको प्रस्ताव



काठमाडौँ । नेकपा एकीकृत समाजवादी का सांसद राजेन्द्र पाण्डेले वर्षातको समयमा रात्रिकालिन बस सेवामा रोक लगाउनुपर्ने माग गरेका छन् ।

शुक्रबार संसदको शुन्य समयमा बोल्दै सांसद पाण्डेले उक्त प्रस्ताव राखेका हुन् ।

सांसद पाण्डेले वर्षातको अवस्थाका बारेमा सरकारले जनतालाई प्रत्येक घण्टामा सूचना दिनुपर्ने माग गरेका हुन्।

मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सांसद् पाण्डेले विपदमा परेका जनताको उद्धार र राहतमा सरकार गम्भीर बन्नुपर्ने साथै पीडितहरूको उद्धार र राहतमा जुट्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ५७ बजे