Logo

समाचार

पछिल्ला नाटकीय घटनाक्रमबाट चिन्तित छु : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला नाटकीय घटनाक्रमबाट आफू चिन्तित भएको बताएका छन् ।  शुक्रबार प्रतिनिभिसभा बैठकमा विश्वासको मत लिने क्रममा उनले यस्तो बताएका हुन् । 

उनले बैठकमा बोल्दै भने, ‘सम्मानित सदनबाट मैंले विश्वासको मत पाउँला या नपाउँला, म  प्रधानमन्त्री रहुँला या नरहुँला त्यसमा म विल्कुल चिन्तित छैन ।  म पहिलो  चोटी  प्रधानमन्त्री हुँदाखेरी  नै कति दिन हो त्यो  मलाई त्यति सरोकारको  विषय होइन, पुरै अवधि त म जान्न भन्ने मैंले राजनीतिक अनुमान नै  लगाइसकेको  थिए । तर म  चिन्तित यसमा छु कि पछिल्ला नाटकीय घटनाक्रमबाट ।’

साथै, उनले  संसदको पहिलो र दोस्रो ठुलो दल कांग्रेस र एमाले विश्वास र  निश्चित उद्देश्यले जोडेको भए चिन्ताको विषय नहुने उल्लेख गरे । उनले  एमाले र  कांग्रेसलाई डरले मात्र जोडेको जिकिर गरे ।

उनले  भने, ‘त्यो  डर  हो जसले तपाईलाइ  जोडेर  राखेको  छ  त्यो  हो शुसासन,  शुसासन कायम हुँदै जान थाल्यो भन्ने डरले यीनिहरूले  हात  मिलाएका हुन्  । तर  थाहा छ की छैन तिमीहरूको मूल्यांकन जनताले  गरिरहेका छन् । ’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ४४ बजे