Logo

मुख्य समाचार

नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकियाे



काठमाडाैं । निरन्तर परेको वर्षाका कारण नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको जानकारी दिए ।

सडकमा भएका खाल्डाखुल्डी पुर्ने, वर्षाले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउने लगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनको भनाइ छ ।

२०७५ साल माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ–बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किमि सडक पर्छ ।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  ९ : ०५ बजे