Logo

प्रविधि

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब सार्वजनिक



काठमाडौं । टिम नेपाल इन्जिनियरिङ् लर्निङ सेन्टर प्रालिले टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गरेको छ ।

नेपालमा इन्जिनियरिङ परिषद्को परीक्षा तयारी गरिरहेका इन्जिनियर विद्यार्थीहरूलाई सहज वातावरण सिर्जना गर्नको लागि उक्त प्लेटफर्म सार्वजनिक गरिएको हो ।

परीक्षाको सामग्री र ढाँचालाई प्रतिविम्बित गर्ने बहुवैकल्पिक प्रश्नहरूको डाटाबेसमा पहुँच बृद्धि गर्नकालागि प्लेटफर्ममा नेपाल इन्जिनियरिङ परिषद्को पाठ्यक्रममा समेटिएका विषयहरू अन्तरगत रहेर विद्यार्थीहरूलाई आवश्यक पाठ्यसामग्री राखिएको इन्जिनियरिङ् लर्निङ सेन्टरको भनाइ छ ।

टिम नेपाल इन्जिनियरिङ लर्निङ सेन्टरकी कार्यकारी निर्देशक अप्सरा तिम्सिना पौडेलले एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा खुशी लागेको भन्दै व्यापक र पहुँच योग्य सिकाइ सामाग्री निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढेको बताइन् ।

उनले भनिन्, ‘हाम्रा विद्यार्थीहरूलाई टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्म सार्वजनिक गर्दै यसका विशेषताहरू परिचय गराउन पाउँदा हर्षित छौं । हाम्रो लक्ष्य एक व्यापक र पहुँचयोग्य सिकाइ सामाग्री निर्माण गर्नु हो जसले विद्यार्थीहरूलाई उनीहरूको इन्जिनियरिङ परिषद्को परीक्षा तयारी यात्रामा उपयोगी र निर्विकल्प बन्न सकोस् । वास्तविक परीक्षा वातावरणको अनुकरण गरेर र विस्तृत सिद्धान्त खण्डहरू प्रदान गरेर उनीहरूको बुझाइ बढाउन र उनीहरूको आत्मविश्वास बढाउने लक्ष्य हाम्रो छ ।’

टिम नेपाल इन्जिनियरिङ लर्निङ एप र वेब प्लेटफर्मको उत्कृष्ट विशेषताहरू मध्ये एक रहेको संचालकहरुको दावी छ ।  विद्यार्थीहरूले लचिलो र सुविधाजनक सिकाइ अनुभव आफ्नो मोबाइल फोन वा ल्यापटपबाट इन्टरनेट उपलब्ध जुनसुकै ठाउँबाट गर्न सकिनेछ ।

प्रकाशित मिति : २३ असार २०८१, आइतबार  ११ : ३४ बजे