Logo

विश्व

भारतमा एकै दिन १७ जनामा ‘ओमिक्रोन’ भेरियन्ट पुष्टि



काठमाडौं । भारतमा एकै दिन १७ जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा राजस्थानमा ९ जना र महाराष्ट्रमा ८ जनामा ओमिक्रोन भाइरस देखिएको हो ।

योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २१ जना पुगेको छ । भारतमा दक्षिण कोरियाबाट आएका र उनीहरूको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको बताइएको छ ।

यसअघि कर्नाटकमा दुई जनामा र गुज्रात तथा दिल्लीमा एकरएक जनामा ओमिक्रोन देखिएको थियो । अहिलेसम्म अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित २५ वटा देशमा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ६ : २८ बजे