Logo

मुख्य समाचार

काँग्रेस प्रदेश १ को सभापतिमा द्धव थापा निर्वाचित



काठमाडौं । नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा विजय भएका छन् । थापाले ८४४ मत ल्याएर प्रदेश १ सभापतिमा विजय भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन् ।

१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । प्रदेश १ मा काँग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।

यस्तो छ  मत परिणाम

सभापति :

१.उद्दव थापा – ८४४

२.गुरुराज घिमिरे –८४२

उपसभापति :

१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) – ७६५

२.टंक प्रसाद राई –८४७

३.रमेशजंग रायमाझी – ८९१

४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) – ६६९

महामन्त्री :

१.उमेश थापा –८२३

२.दिपनकुमार श्रेष्ठ –७६४

३.पदम सुन्दर पालुङ्गवा – ८०७

४.भुपेन्द्र राई –८२४

सह-महामन्त्री :

१.प्रमिला गछदार – ८३७

२.सीता कार्की – ७३३

सह-महामन्त्री :

१.खड्ग फागो – १०२६

२.रोहित कुमार शाह – ६६५

३.बिनोद कुमार बस्नेत – ७४७

४.विरकाजी राई –६४७

५.शुभचन्द्र राई –८४

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४० बजे