Logo

मनोरञ्जन

‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुदै, आवेदनसमेत खुल्ला



काठमाडौं : पुरुष सौन्दर्य प्रतियोगिता ‘मिष्टर नेपाल’ को नयाँ संस्करण आयोजना हुने भएको छ ।

एक्सपोज नेपालले आयोजना गर्दै आएको ‘मिष्टर नेपाल’ यसपटक नेक्स्ट मोडल्स नेपालले गर्ने भएकाे छ। आयोजक नेक्स्ट मोडल्सले ‘मिष्टर नेपाल २०२२’ काे लागि आवेदनसमेत खुल्ला गरेको छ ।

नेक्स्ट मोडल्सले जारी गरेको विज्ञप्तीमा १८ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले प्रतियोगिताका लागि आवेदन दिनसक्ने उल्लेख गरिएको छ । यो वर्षबाट आयोजकले बिभिन्न जिल्लामा आयोजना हुने स्थानीय सौन्दर्य प्रतियोगिताका विजेतालाई समेत सहभागीको अवसर प्रदान गर्ने भएको छ । प्रतियोगिताको अडिसन भने आगामी माघको दोस्रो सातादेखि सुरु हुनेछ ।

 प्रतियोगीताको शिर्ष विजेताले ‘मिष्टर वर्ल्ड २०२२’ मा सहभागिताको अवसरको साथै बिभिन्न उपहार समेत  पाउनेछन।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ९ : ५१ बजे