Logo

समाचार

पूर्वराजा शाहले धोका दिएको कमल थापा पक्षको निष्कर्ष



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा पराजित कमल थापा पक्षले पूर्वराजा ज्ञानेन्द्र शाहले धोका दिएको निष्कर्ष निकालेको छ ।

पराजित भएपछि चुनावी समिक्षाका लागि भन्दै थापाले बोलाएको आकस्मिक बैठकले पूर्वराजा शाहले धोका दिएको निष्कर्ष निकालेको हो ।

दरवारमार्गस्थित याक एन्ड यति होटेलमा थापा समूहबाट निर्वाचित पदाधिकारीसहितको प्रारम्भिक समीक्षा बैठकमा सो निष्कर्ष निकालेको हो ।

पूर्वराजा शाहले थापालाई हराउनका लागि भन्दै उर्दी नै जारी गरेको आरोप थापा पक्षले लगाएको छ ।

बैठकले अब राजतन्त्रको पक्षमा बोल्ने तर ज्ञानेन्द्र शाहलाई बोकेर नहिँड्ने र शाहका एजेण्डा पनि नबोक्ने निर्णय गरेको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४१ बजे