Logo

मुख्य समाचार

कांग्रेस सुदूरपश्चिम अधिवेशन: मिश्र प्यानल पत्तासाफ, बलायरको प्यानल नै निर्वाचित



काठमडौं । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत जारी प्रदेश अधिवेशनमा सुदूरपश्चिम प्रदेश सभापतिमा बिरबहादुर बलायत निर्वाचित भएका छन् ।

सभापतिमा प्रतिस्पर्धी नारायणदत्त मिश्रलाई पराजित गर्दै बलायरको प्यानलले नै जित दर्ता गरेको हो । मिश्र प्यानलका सबै प्यानल नै पराजित भएको  हो ।

बलायर प्यानलबाट उपसभापतिमा जनकराज चौधरी र लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह र मेघराज खड्का, सह-महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका कुमारी चलाउने पनि विजयी भएका छन् ।

बलायरलाई संस्थापन पक्षको समर्थन रहेको थियो । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४१ बजे