Logo

विश्व

दिल्लीमा एक व्यक्तिमा ‘ओमिक्रोन’ पुष्टि, भारतमा ‘ओमिक्रोन’ संक्रमितको संख्या ५ पुग्यो



काठमडौं । भारतको राजधानी नयाँ दिल्लीमा एक व्यक्तिमा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

अन्य देशबाट भारत फर्किएका १२ जनाको नमुना परिक्षण गर्दा ११ जनामा सामान्य कोरोना पुष्टि भएको छ भने एक जनामा भने ओमिक्रोन पुष्टि भएको हो ।

ओमिक्रोन संक्रमितलाई एलएनजेपी अस्पतालमा भर्ना गरिएको भारतीय संचार माध्यमले जनाएका छन् । उनी अफ्रिकी मुलुक तान्जानियाबाट भारत आएका थिए ।

योसँगै भारतमा अहिलेसम्म ओमिक्रोन संक्रमितको संख्या ५ पुगेको छ । जसमा दुई जना कर्नाटक, गुजरात र महाराष्ट्रमा एक/एक र थप एक जना दिल्लीमा भेटिएका हुन् । 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४१ बजे