Logo

Breaking News 1

लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता, कास्कीमा २ जना बालबालिकाको मृत्यु



काठमाडौं । लमजुङमा पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका ३ मा मंगलबार राति गएको पहिरोले तीनवटा घर बगाउँदा चारजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

त्यस्तै पहिरोमा परी कास्कीमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ८ : ०४ बजे