Logo

मुख्य समाचार

बसले ट्याक्टरलाई ठक्कर दिँदा पर्वतमा एकको मृत्यु



काठमाडौं । पर्वतमा शनिबार बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

डी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठक्कर दिँदा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछानेको मृत्यु भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । वीरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिँदा दुर्घटना भएको हो ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेलाई उपचारका लागि पोखरा पठाइएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  ६ : ३० बजे