Logo

समाचार

‘एमालेले निष्काशन गरेका व्यक्ति संसदमा आए स्वीकार्य छैन’: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत साउनमा एमालले निष्काशन गरेका व्यक्ति संसदमा आए संसद चल्न नदिने बताएका छन् ।

दोस्रो पटक पार्टी अध्यक्ष भएका ओलीले आज पार्टी कार्यालयमा पद बहाली गर्दै गत गत साउनमै एमालेले निष्काशन गरेका व्यक्ति संसदमा आए आफूहरुलाई स्वीकार्य नहुने बताएका हुन् ।

सरकारले २८ गते संसद बैठक बोलाएको छ । एकीकृत समाजवादीका सांसदहरुलाई अवैध भन्दै एमालेले यसअघि पनि लामो समय संसद अवरोध गरेको थियो।

एकीकृत समाजवादीका सांसदहरु गैरसांसद भएकाले उनीहरू आएको संसद् बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो ।

यस्तै, ओलीले सभामुख अग्निप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गरे ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ४ : ४९ बजे