Logo

मुख्य समाचार

साथीको ‘बर्थ डे’ मनाउन गएका युवकको मृत्यु, १२ जना पक्राउ



काठमाण्डौं :  साथीको जन्मदिन मनाउन होटलमा गएका घोराहीका एक युवकको शंकास्पद मृत्यु भएको छ। उनको मृत्युपछि उनका १२ जना साथीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

होटलमा अचेत अवस्थामा फेला परेका घोराही उपमहानगरपालिका वडा नं १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको उपचारका क्रममा बिहीबार बेलुका ८ बजे मृत्यु भएको थियो। जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार पौडेल उनका साथी नवीन गिरीको निमन्त्रणामा जन्मोत्सव मनाउन बुधबार घोराही १५ स्थित फ्रेन्ड एण्ड फेमिली होटलमा पुगेका थिए। 

उनका अनुसार पौडेलको टाउकोमा चोट लागेको थियो। मृत्यु शंकास्पद लागेकोले पौडेलका परिवारले जाहेरी दिएका  थिए। सोही आधारमा उनका १२ साथीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको उनले बताए। 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ३३ बजे