Logo

मुख्य समाचार

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द



हुम्ला सदरमुकाम सिमकोटमा बिहिबार बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ। हिमपातका कारण यस वर्ष मंसिर महिनामै चिसो बढेको छ।

हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन्। सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले बन्द भएका छन्।

हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ। त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी दिए।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ३५ बजे