Logo

मुख्य समाचार

दोस्रो पटक एमाले अध्यक्ष बनेका ओलीले आज पद बहाली गर्दै



काठमाडौं । दोस्रो पटक नेकपा एमालेका अध्यक्ष बनेका केपी शर्मा ओलीले आज पद बहाली गर्दैछन् । आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । 

एमालेको भर्खरै सम्पन्न दशौं महाधिवेशनले केपी ओलीलाई दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

ओलीले अर्का अध्यक्षका उमेदवार भीम रावललाई भारी मतान्तरले पराजित गरेका हुन् । एमालेको महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म चिनवको सौराहामा सम्पन्न भएको थियो । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ५ : ११ बजे