Logo

Breaking News 1

डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध



लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

सडक खुलाउन प्रहरी टोली परिचालन भए पनि पानी निरन्तर परिरहेकाले समस्या भएको जनाइएकाे छ । सडक अवरुद्ध हुँदा सवारीसाधन तथा यात्रु अलपत्र परेका छन् ।

बेँसीसहरबाट काठमाडौं, पोखरा, चितवनलगायत स्थानमा जाने यात्रु र सो स्थानबाट बेँसीसहर र बेँसीसहर हुँदै हिमाली जिल्ला मनाङ जाने यात्रु समस्यामा परेका हुन् ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ०० बजे