Logo

धर्म / संस्कृति

आजको राशिफल



काठमाडाैं । आज मिति २०८१ असार ३ गते, सोमबार १७ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष एकादशी तिथि। चित्रा नक्षत्र, १२ः५८ बजेपछि स्वाती। चन्द्रराशि तुला।

मेष
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउनेछ। निम्तो आए पनि आतिथ्य खर्चिलो तथा महँगो साबित हुनेछ।

वृष
विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काममा बाधा पुग्नेछ। अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला। बलजफ्ती गर्दा समस्या आउन सक्छ।

मिथुन
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम थालनी हुनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ।

कर्कट
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।

सिंह
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।

कन्या
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ।

तुला
प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।

वृश्चिक
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ।

धनु
मेहनतले आम्दानी बढाउनेछ। व्यापार बढ्नेछ। सानो प्रयत्न गर्दा ठूलो परिमाणमा फाइदा हुन सक्छ। आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य धन आर्जन हुनेछ।

मकर
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ।

कुम्भ
आजको मिहिनेतले पछिसम्म फाइदा हुनेछ। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।

मीन
काममा व्यस्तता बढ्नेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुस्ख पाइनेछ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ३१ बजे