Logo

मनोरञ्जन

ऋतिकसँगको प्रेमले बेरोजगार सबा आजाद


३२ जेष्ठ २०८१, शुक्रबार  

0
Shares

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन् । उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन् । उनीहरुले एकअर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन् । सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन् । उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्वीर साझा गर्दै ऋतिकसँग दुई वर्ष डेटमा रहँदा बेरोजगार बनेको खुलासा गरेकी छन् ।

‘आफ्नो काममा फर्किएँ । दुई वर्ष बढी समयपछि वीओ रेकर्ड गरिरहेकी छु’, उनले लेखेकी छन् । इन्स्टामा सबाले दुई वर्ष आफू कसरी बेरोजगार भएँ भन्ने कुरा पनि उल्लेख गरेकी छन् । ‘म दुई वर्ष बढी समयदेखि भ्वाइस ओभर कलाकार हुँ । मैंले आफूले छानेका तीन करियरमा यो करियर पनि एउटा हो । यो करियर आर्थिक रुपले मेरा लागि सफल रह्यो । म एक निर्देशकको नियमित भ्वाइस ओभर गर्थें । एकदिन मैले ‘मलाई किन काम नदिएको ?’ भनेर सोध्दा उहाँको उत्तर सुनेर म छक्क परें । उहाँले ‘तिमी एक सफल अभिनेतासँग डेटमा रहेका कारण भ्वाइस ओभरको काम छोड्यौ होला भनेर नबोलाएको’ जवाफ दिनुभयो’, सबाले लेखेकी छन् ।

उनले अगाडि लेखेकी छन्, ‘के हामी अहिले पनि त्यो अन्धकार युगमा बाँचिरहेका छौं, जहाँ हामी मान्छौं कि एक सफल साथीसँग सम्बन्धमा एक महिलालाई आफ्नो भोजनको व्यवस्था गर्नुपर्दैन ? या उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन ? या उसलाई आफ्नो काममा गर्व हुँदैन । र उसलाई आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुपर्दैन ? यो दुःखद रुपमा पितृसत्तात्मक मानसिकता हो ।’

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  २ : ०९ बजे