Logo

अर्थ

सुनको मूल्य सामान्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?



काठमाडौं । स्थानिय बजारमा आज सुनको मूल्य बढेकाे छ । मंगलबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ६०० रुपैयाँ बढेर तोलामा १ लाख ४१ हजार ६०० रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी सुन तोलामा १ लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।

चाँदीको मूल्य चाहिँ तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ हजार ८२० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ५४ बजे