Logo

अर्थ

सुनको मूल्य आज पनि स्थिर



काठमाडौं । नेपाली बजारमा लगातार आज पनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ कायम भएको हो । 

आइतबार र सोमबार पनि सुनको मूल्य १ लाख ४१ हजार रुपैयाँ नै थियो । यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ कायम भएको ।

आज चाँदीकाे मूल्य भने १० रुपैयाँले घटेकाे छ । सोमबार तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार भने १ हजार ८१५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ११ : १६ बजे