Logo

मुख्य समाचार

प्रधानमन्त्री दाहाल भारतबाट आज स्वदेश फर्किने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज स्वदेश फर्किने भएका छन् । भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन गएका प्रचण्ड स्वदेश फर्किन लागेका हुन् । 

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि आइतबार राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् । उक्त शपथग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए ।
 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ६ : ०९ बजे