Logo

समाचार

सर्वोच्चमा गोला प्रथाबाट तोकियो १० वटा इजलास



काठमाडौं । सर्वोच्च अदालतमा आजबाट गोलाप्रथा प्रणाली लागु भएको छ ।

फुलकोर्टको बैठकको निर्णयअनुसार आजबाट गोलाप्रथा प्रणाली लागु भएको हो । आज पहिलो दिन गोलप्रथाबाट १० वटा पेशी गोकिएको छ । दुईवटा एकलसहित १० वटा इजलास तोकिएको हो ।

वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएको हो । यस्तो अभ्यास जिल्ला अदालतमा केही समय गरिए पनि पछि हटाइएको थियो ।

‘कमन ल’ प्रणाली अपनाउने अन्य मुलुकमा जस्तै नेपालमा पनि कुन मुद्दा कुन न्यायाधीशले हेर्ने भन्ने निर्णय गर्ने अन्तिम अधिकार प्रधानन्यायाधीशमा थियो ।

तर, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अधिकारको दुरुपयोग गरेको भन्दै न्यायाधीसहरुको फुलकोर्ट बैठकले प्रधानन्याधीसको अधिकार कटौती गर्दै गोलाप्रथाबाट मुद्धाको पेशी तोक्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलबार  ५ : ४६ बजे