Logo

अर्थ

आजका लागि विदेशी मुद्राको विनिमयदर



काठमाडौं । आज २०८१ साल जेठ २१ गते सोमबार सन् २०२४ जुन ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर र कतारी रियालको मूल्य तीन दिनदेखि स्थिर छ । युरो र बेलायती पाउण्डको मूल्य भने बढेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ४८ पैसा र बिक्री दर १४५ रुपैयाँ १३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७९ पैसा र बिक्री दर १७० रुपैयाँ ५६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ६ : ५३ बजे