Logo

मुख्य समाचार

जलवायु परिवर्तनको विषयले संसद्मा प्राथमिकता पाउनुपर्छ : सांसद सापकोटा



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले जलवायु परिवर्तनको विषयमा गम्भीर बसह जरुरी रहेको बताएका छन् ।

आइतबार संघीय संसद भवनमा बसेको प्रतिनिधसभामा बोल्दै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सरकारले जलवायु परिवर्तनको विषयलाई प्राथमिकताका साथ उठाएको उल्लेख गरे ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर २४९, ५० र ५१ गरी तीनवटा बुँदामा यसबारे व्यवस्था गरिएको बताए । उनले बुँदा नम्बर २५० मा हिमाल जोगाऔैं मानवता बचाऔं’ भनेर व्यवस्था गरिएको चर्चा गरे ।

उनले सरकारले उठाएको विषयमा  गम्भीर छलफल हुनुपर्नेमा जोड दिएका छन् ।

भर्खरै सरकारको आयोजनामा यसैसम्बन्धी चन्द्रागिरिमा अन्तर्राष्ट्रिय डायलगको आयोजना गरिएको र त्यसले विश्वभर नै सकारत्मक सन्देश भन्दै उनले थपे, ‘यो विषयले यहाँ (संसद्मा) पनि प्राथमिकता पाओस्, हामी गम्भीरतापूर्वक बहस गरौँ’, उनले भने, ‘यसको असर, प्रभाव र न्यूनीकरणको विषयमा सोचिएन भने गम्भीर क्षति बेहोर्नुपर्ने हुनसक्छ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १ : १८ बजे