Logo

मुख्य समाचार

घट्यो पेट्रोल र डिजेलको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरि निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको छ । भने डिजेलको मूल्य प्रतिलिटर एक रुपैयाँका दर घटाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ र डिजेलको मूल्य प्रतिलिटर २.४५ ले घटेर आएपछि निगमले पनि मूल्य घटाएको हो ।

हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ६ : ५२ बजे