Logo

मुख्य समाचार

संगीतलाई विज्ञानसँग जोड्ने दीपक


१८ जेष्ठ २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । पछिल्लो समय व्यस्त गायक हुन् दीपक चौलागाईं । उनको व्यस्तता स्टेज कार्यक्रमदेखि स्टुडियोसम्म हुने गरेको छ ।

‘जब तिम्रो न्यानो न्यानो अंगालोमा बेरिए म..’गीतमा आवाज भरेदेखि दीपकले सांगीतिक क्षेत्रमा पछि हेर्नुपरेन । इन्जिनियर बन्न भनेर काठमाडौं छिरेका उनी शिक्षण पेशामा छन् ।

देशका विभिन्न कार्यक्रममा व्यस्त उनी विदेशका कार्यक्रममा समेत प्रस्ताव आउने गरेको छ । उनै दीपकले आवाज भरेको एउटा गीत हालै सार्वजनिक गरिएको छ ।

विगत तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा रमाइरहेकी गायिका अञ्जु पन्त र दीपक चौलागाईंको स्वरमा रहेको गीत ‘मलाई मन परेको मान्छे’ यही आइतबार सार्वजनिक गरिएको हो ।

अन्जुसँगको पहिलो सहकार्य भएका कारण आफूमा थप हौसला र उर्जा थपिएको दीपकले सुनाए । जगत तिरुवाको शब्द संगीत र संगीतकार विशाल निरौलाले एरेन्ज गरेको गीतको भिडियो भने केही दिनमा सार्वजनिक गरिने उनले बताए ।

तर यहाँसम्म आइपुग्दा दीपकले धेरै नै संघर्ष गरेको सुनाए ।

उनले भने, ‘ जीवनमा संघर्ष त चलिरहने प्रक्रिया हो । एकचोटी उचाइमा पुगेपछि फेरि अर्को उचाईमा पुग्ने लक्ष्य हुन्छ । यो जीवन एउटा प्रक्रिया हो उतार चढावहरु आइरहन्छन् । तर आफूले मेहेनत गरिरहने हो ।’

विज्ञान विषय अध्ययन गरेका दीपक संगीत र फिजिक्स एकअर्काको परिपुरक रहेको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले म्युजिक क्षेत्रमा जतिपनि साउण्डका कामहरु गर्छौं ति सबै फिजिक्ससँग सम्बन्धित छन् । गीत रेकर्ड गर्ने स्टुडियोदेखि र हार्मोनियमसँग सम्बन्धित काममा समेत फिजिक्सले काम गर्ने उनले बताए ।

फिजिक्स र साइन्स जहाँपनि सम्बन्धित हुने भन्दै उनले खोज्न मात्र जान्नुपर्ने बताए । उनले भने,‘तपाईहामी हार्मोनियम बजाउँछौं । त्यो हार्मोनियम बजाउँदा त्यसबाट प्रवाह हुने ध्वनीमा फ्रिक्वेन्सी आउँछ, त्यो फ्रिकेन्सी नै फिजिक्स हो । त्यसलै संगीत र विज्ञान अन्तरसम्बन्धित छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  २ : ४१ बजे