Logo

मुख्य समाचार

कांग्रेस ललितपुरको सभापतिमा श्रेष्ठ निर्वाचित



काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति ललितपुरको सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ ६६५ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत प्राप्त गरे।

शनिबार भएको १४ औँ जिल्ला अधिवेशनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पाउन नसकेपछि धेरै मत ल्याउने दुई नेताबीच आइतबार पुनः मतदान भएको जिल्ला निर्वाचन अधिकृत सुरेश घिमिरेले जानकारी दिए।

उपसभापति, सचिव, सहसचिव, जिल्ला कार्यसमितिका सदस्यहरुको परिणाम सार्वजनिक भएको छैन। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलमा मतगणना जारी रहेको उनले बताए।

कोषाध्यक्ष भने नवनिर्वाचित जिल्ला सभापतिले निर्वाचित जिल्ला कार्य समितिका सदस्यमध्येबाट मनोनयन गर्ने व्यवस्था कांग्रेसको विधानमा छ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : ३६ बजे