Logo

मुख्य समाचार

देउवाले माधव, उपेन्द्र र महन्थलाई बोलाए बुढानीलकण्ठ



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसवादी दललाई छलफलका लागि बोलाएका छन् । मधेस प्रदेश प्रदेश सरकार लगायतका विषयमा छलफल गर्न देउवाले एकीकृत समाजवादी, जसपा नेपाल र लोसपालाई बोलाएका हुन् ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तीन दलका अध्यक्षलाई छलफलका लागि बोलाएको बताए । उनले भने, ‘आज पाँच बजे माधव नेपाल, उपेन्द्र यादव र महन्थ ठाकुरलाई छलफलका लागि बोलाइएको छ ।’

जनता समाजवादी पार्टीका नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि पाँच बजेट छलफलका लागि देउवा निवास बुढानीलकण्ठ जाने तयारीमा रहेको बताए । मधेस प्रदेशमा एमाले, माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि जसपा नेपालका सरोज यादवको सरकार अल्पमतमा परेको छ ।

कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेसमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ । मधेसमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेशसभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ४ : ३० बजे