Logo

मुख्य समाचार

अध्यक्षका लागि ओलीले गरे उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको जारी १०औँ महाधिवेशनमा बिहानदेखि नै सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत ओलीले केन्द्रीय निर्वाचन कार्यालयमा आएर उमेदवारी दर्ता गराएका हुन् ।

ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

अध्यक्षका लागि यसअघि नै भीम रावले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष पदका लागि ओली र रावलबीच टक्कर पर्ने देखिएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १० : १२ बजे