Logo

बागमती प्रदेश

नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रदेशसभाको बैठक आह्वान



मकवानपुर । वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्न आज प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।

बैठक अपरान्ह ३ः३० बजे प्रदेशसभा सचिवालयको भवनमा बस्ने गरी आह्वान गरिएको प्रदेशसभा सचिवालयका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम यही जेठ १४ गते बसेको प्रदेशसभामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १ : ०२ बजे