Logo

मुख्य समाचार

एमाले महाधिवेशन: उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता



काठमाडौ । नेकपा एमालेको जारी १०औँ महाधिवेशनमा उपाध्यक्ष पदका लागि पाँच जना आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा विष्णु पौडेल, घनश्याम भूसाल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र युवराज ज्ञवालीले उम्मेदवारी दर्ता गराएका हुन् ।

पौडेल, शाक्य, थापा र ज्ञवाली अध्यक्ष केपी शर्मा ओलीले छनौट गरेको सूचीमा परेका थिए भने भूसाल परेका थिएनन् ।

ओलीले घोषणा गरेर केन्द्रीय कमिटी बनाउने निर्णयप्रति आपत्ति जनाउँदै आएका भूसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ४ : ३७ बजे