Logo

मुख्य समाचार

अध्यक्षका प्रत्याशी भीम रावलले गरे उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशनमा भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

रावललाई अध्यक्षमा उम्मेदवारी दिनबाट रोक्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले हरसम्भव प्रयास गरेपनि रावलले उम्मेदवारी दिएका हुन् ।

ओलीले रावललाई उपाध्यक्षमा बस्न गरेको आग्रह रावलले नकार्दै अध्यक्षमै लड्न अडान लिएका हुन् ।

आइतबार राति ढिला गरि शुरू भएको दोस्रो दिनको बन्दसत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका ओलीले अध्यक्ष मण्डलमा १९ जना पदाधिकारीबारे छलफल गरेका थिए ।

उनले अध्यक्ष मण्डलमै रहेका रावललाई उपाध्यक्ष पद दिने बताएपनि रावलले अस्वीकार गरेका हुन् । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : ४५ बजे