Logo

मुख्य समाचार

पूर्वपश्चिम राजमार्गको बर्दघाट–सुस्तापूर्वमा सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध



काठमाडाैं । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट(९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी औबर्दघाट-सुस्तापूर्वका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जनाए । अवरुद्ध सडकमा ट्रक फसेकाले हटाउने काम भइरहेको उनले बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ८ : ३२ बजे