Logo

मुख्य समाचार

आइतबार कोरोनाका १५८ संक्रमित थपिए, थप दुईको मृत्यु



काठमाडौं । नेपालमा आइतबार कोरोनाका १५८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार ८ हजार ९१८ नमुना परिक्षण गरिएकोमा संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार ३४२ जना कोरोनामुक्त भएका छन् । यससँगै हालसम्म नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख २ हजार ३८९ पुगेको छ ।

त्यस्तै गत २४ घन्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घन्टामा देशभर १ लाख २७ हजार ६ सय ११ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ४० बजे