Warning: Trying to access array offset on value of type bool in /home/ainakhabar.com/public_html/wp-content/themes/ainakhabar/functions.php on line 239
Logo

खेलकुद

टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाली महिला टोली असफल, यूएईसँग पराजित



काठमाडौं । नेपाल महिला टी–२० विश्व कप ग्लोबल छनोटमा पुग्न असफल भएको छ ।

एसिया छनोट अन्तर्गत आज आइतबार भएको खेलमा यूएईसँग पराजित भएपछि नेपाल ग्लोबल छनोटमा पुग्न असफल भएको हो ।

ग्लोबल छनोटमा पुग्न नेपालले आज यूएईलाई फराकिलो अन्तरले हराउनुपर्ने थियो । तर, यूएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपालले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ७९ रन मात्रै बनाएर पराजित हुन पुग्यो ।

नेपालका लागि इन्दु बर्माले १५ र सीता रानामगरले १३ रन बनाइन् । अरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

बलिङतर्फ यूएईका लागि समाइरा धरनिधरकाले चार विकेट लिइन् भने खुशी शर्मा र चमानी सेनेविरत्नाले समान दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा पाँच विकेट गुमाएर एक सय २७ रन बनाएको थियो । यूएईका लागि चमानी सेनेविरत्नाले ५२ र तीर्था सतिसले ४७ रन बनाइन् ।

बलिङतर्फ नेपालकी कविता कुँवरले दुई विकेट लिइन् भने सबनम राई, सीता राना मगर र संगीता राईले एक/एक विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : २५ बजे