Logo

समाचार

छोरा, छोरीसहित आमा झुण्डिएको अवस्थामा मृत फेला



काठमाडौं । सर्लाहीमा आमासहित एक छोरा र एक छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बरहथवा नगरपालिका-१ हजरिया निवासी २६ वर्षीया कविता हजारी र ४ वर्षीय छोरा र ६ वर्षीया छोरी घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

कविताले छोरा छोरीसहित आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । 

कविताका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा लगिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ५ : ०५ बजे