Logo

मुख्य समाचार

‘ओमिक्रोन’को जोखिम: सीसीएमसीको बैठक बस्दै



काठमाडौं । दक्षिण अफ्रिकाबाट सुरु भएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जाखिम नेपालमा पनि बढदै गएपछि सतर्कता अपनाइने भएको छ ।

अहिले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय समितिको बैठक बसिरहेको छ । बैठकमा मुख्यत ओमिक्रोनको जोखिम र रोकथाम कै विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुनेछ ।

स्वास्थ्य  मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वोरेन्टीनमा बस्न आग्रह गरिसकेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४४ बजे