Logo

मुख्य समाचार

रावललाई फकाउनेदेखि धम्काउनेसम्म ओली, उम्मेदवारी नछाड्ने रटानमा रावल



काठमाडौं । नेकपा एमालेको जारी महाधिवेशनमा उपाध्यक्ष भीम रावल अध्यक्षमा उम्मेद्वारी दिने अडानबाट पछाडि नहट्ने भएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले अझै पनि रावललाई विभिन्न प्रलोभन देखाएर फकाउने प्रयास गरेपनि यो समाचार तयार पार्दासम्म रावल उम्मेद्वारी दिनबाट नहट्ने पक्षमा छन् ।

ओलीले रावललाई वरिष्ठ उपाध्यक्ष दिने देखि चुनावमा टिकट नदिनेसम्मको प्रलोभन र दवाब दिएको स्रोतले बताएको छ ।

शनिबारको बन्दसत्रमा पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएपछि उपाध्यक्ष भीम रावलले विरोध गर्दै उक्त निर्णय आफूलाई मान्य नुहने र उम्मेद्वारी घोषणा फिर्ता नहुने बताउँदै आएका छन् ।

रावलपक्षले प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुनु माग गर्दै आएको छ । उम्मेदवारी दिन रोक्नु एमालेको विधानविपरीतको कार्य भएको रावलको भनाई छ ।

यसैबीच, रावलले अध्यक्ष उम्मेद्वारी दिन लागेको रावलको पर्चा बाँड्न रोक लगाइएको छ । रावल पक्षका कार्यकर्ताहरुले “अध्यक्षमा मेरो उम्मेदवारी किन ?” लेखिएको पर्चा बाँड्न रोक लगाइएको हो ।

पार्टीमा  पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले पाएपनि उनलाई नेता व्यवस्थापनमा सकस परेको छ ।

ओलीले आफूनिकट शीर्ष नेताहरुसँग छलफल थालेका छन्। उनले आफूनिकट नेताहरुलाई पार्क सफारी होटलमा बोलाएर छलफल गरिरहेका छन्।

सर्वसम्मत नेतृत्व चयन गर्न कठिन हुँदै गएपछि  ओलीले आफू निकट बैठक बोलाएका हुन् । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ४४ बजे