Logo

मुख्य समाचार

जाजरकोट बस दुर्घटनामा मृत्यु हुने सबै पाँचको सनाखत (अपडेट)



काठमाडौं । आइतबार बिहानै जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ ।

मृत्यु हुनेहरुमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।

नेपालगञ्जबाट जाजरकोट जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस भेरी नगरपालिका–१३ कुदुनजिकै बाराखोलामा दुर्घटनामा परेको हो ।

यसैबीच, दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेलिकप्टरबाट नेपालगञ्ज ल्याइएको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ५७ बजे