Logo

मुख्य समाचार

ट्रकको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्व



काठमाडौं । कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

घोडाघोडी नगरपालिकामा लु१ख ४६६६ को ट्रकले सुपप्र ०१-००८ प ५४७५ को मोटरसाइकलाई ठक्कर दिँदा घोडाघोडी-१ बेलारका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको हो ।

स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्व बनाएका छन् ।

ट्रक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ५१ बजे