Logo

मुख्य समाचार

एमाले महाधिवेशन: अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दै



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशन अन्तर्गतको आज तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्दैछन् ।

शनिबारको बन्द सत्रले पदाधिकारी र केन्द्रीय सदस्य छान्ने जिल्ला अध्यक्ष ओलीलाई दिएको थियो । अध्यक्ष ओलीले बन्द सत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्नेछन् ।

शनिबारको बन्द सत्रमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए ।

यसैबीच एमालेकै केही नेताहरुले आपत्ति जनाएका छन् । अध्यक्ष पक्षमा दाबेदारी दिने अडानमा बसेका भीम रावल, घनश्याम भूषाल लगायतका नेताहरुले भने पदाधिकारी र केन्द्रीय सदस्य चयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिएकोमा आपत्ति जनाएका हुन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ६ : ४६ बजे