Logo

मुख्य समाचार

विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ



काठमाडौँ । भन्सार छली अवैध रूपमा सङ्कलन गरेर लैजान लागेको करिब ७० ग्राम तौलको सुनजस्तो देखिने पहेँलो धातुको ३ थान बेरुवा औँठीसहित एक जना महिला पक्राउ परेकी छन् ।

चन्द्रागिरि नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  १२ : ५६ बजे