Logo

समाचार

एमाले महाधिवेशन : ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार



काठमाडौं । नेकपा एमालेको जारी १०औं महाधिवेशन अन्तर्गत आइतबार बिहान फेरि बन्दसत्र नियमित सञ्चालन हुने गरी शनिबारको बन्दसत्र अन्त्य भएको छ ।

शनिबार राति अवेरसम्म बसेको बन्दसत्रबाट केपी ओलीलाई सर्वसम्मत नेतृत्व चयनको अधिकार दिइएको छ । नेता विष्णु पौडेलको प्रस्तावमा अधिकांश प्रतिनिधिहरूले ताली बजाएर अनुमोदन गरेका थिए ।

उक्त प्रस्ताव अनुसार केपी ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिइएको छ । त्यस अनुसार आइतबार ओलीले नयाँ नेतृत्वको सहमतिका लागि नामावली पेस गर्नेछन् ।

बन्दसत्रमा सहभागी प्रतिनिधिहरूका अनुसार नयाँ प्रस्तावलाई नै सर्वसम्मतीबाट अनुमोदन गराइनेछ । असन्तुष्ट नेताहरूलाई चुनावमा उठ्ने अधिकार भने दिइने बताइएको छ ।

नेता भीम रावलले भने यसमा असहमति जनाएका छन् । रावलले यसअघिदेखि नै अध्यक्षमा उम्मेदवारी दिने बताइरहेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ७ : ०५ बजे