Logo

मुख्य समाचार

‘एमाले महाधिवेशन कुम्भमेला’: प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।

देशभर एकै साथ सुरु भएको पालिका अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रचण्डले एमालेको महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका हुन् ।

प्रचण्डले भने, ‘विचारबारे बहस गर्ने पार्टी माओवादी मात्रै हो। हिजो मात्रै कुम्भमेला देख्यौँ त्यहाँ बहस छैन। हामी विचार र बहसलाई केन्द्रमा राखेर राष्टिय महाधिवेशन सम्पन्न गछौँ।’ जहाँ विचार र बहसलाई कुनै ठाउँ छैन । त्यहाँ जनतालाई भ्रम दिने ध्यान मात्रै छ’, दाहालले भने ।

प्रचण्डले कहिले पनि माओवादी र एमालेको तुलना हुन नसक्ने बताए ।  विचारका आधारमा माओवादी र एमालेको तुलना हुनै नसक्ने उनले बताएका हुन् ।

नेकपा फुट्नुमा ओलीको हात रहेको आरोप लगाउँदै प्रचण्डले ओलीले सहमति कार्यान्वयन नगरेका कारण नेकपामा फुट आएको बताए ।

उनले ओलीलाई कारबाही गरेको अवस्थामा पार्टीभित्रको कुारालई लिएर विभाजनको नयाँ नाटक गरिएको पनि गुनासो गरे। 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ४ : ३९ बजे