Logo

मुख्य समाचार

केपी ओली र भीम रावल छुट्टा छुट्टै छलफलमा



काठमाडौं । नेकपा एमालेको जारी १०औँ महाधिवेशनबाट अध्यक्ष पदका दाबेदार हालका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल छुट्टाछुट्टै छलफलमा बसिरहेका छन् ।

सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयनका लागि अध्यक्षका दाबेदर ओली र रावल आ-आफ्ना समूहसहित छुट्टाछुट्टै छलफलमा जुटेका हुन् ।

फेरि पनि सर्वसम्मत रुपमा अध्यक्ष बन्ने केपी ओलीको सपना भीम रावलले पनि अध्यक्षमा लड्ने घोषणा गरेपछि तुहिएको छ ।

ओलीले रावललाई फकाउन हरसम्भव प्रयास गरिरहेका छन् । तर रावल दाबेदारीबाट पछाडि नहट्ने पक्षमा छन् ।

अन्य पदहरुका लागि पनि आकांक्षी धेरै देखिएपछि सर्वसम्मतका लागि कठिन देखिएको छ । सर्वसम्मत रुपमा नेतृत्व चयन हुनुपर्ने माग गर्दै प्रतिनिधिहरुले बन्द सत्र हल बाहिर नाराबाजीसमेत गरेका छन् । 

सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नका लागि भन्दै नेताहरु छलफलमा जुटेपछि बिहानै सुरु हुनपर्ने बन्द सत्र अहिलेसम्म पनि सुरु हुन सकेको छैन । 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : १२ बजे